कर्णालीको भीरपाखा डुलेर माहुरी चराउने धनबहादुर (भिडियोसहित)

कविन्द्र सिग्देल। बाजुराको खप्तडबाट तीन दिनको पैदल यात्रा पछि सोही जिल्लाको प्रमुख व्यापारिक बजार कोल्टी भेटिन्छ। कोल्टीबाट झण्डै एक घण्टाको पैदल यात्रापछि कर्णाली नदि भेटिन्छ। मुगु र बाजुरालाई सीमाना बनाएर बग्ने कर्णालीको सुन्दरताले जोकोहीलाई मोहित तुल्याउँछ। कर्णालीको तिरैतिर हिँडेपछि मुगुकै झुगला भेटिन्छ। त्यसपछि कर्णाली नदिलाई छोडेर राराबाट आउने खत्याड खोलाको किनारै किनार जाने क्रममा रातो पानी हुदैं माथि चौर भन्ने स्थान पुगिन्छ। जहाँ बाक्लै होटल र पसलहरू छन्। उक्त स्थानबाट झण्डै तीन घण्टाको पैदलपछि खत्याड गाउँपालिकाको श्रीकोटको देउ डाँडामा ३२ वर्षीय एक युवक ढाडमा  मुढेघार बोकेर हिड्दै गरेका भेटिए।

नाम धन बहादुर थापा बताउने यी युवा भीरपाखामा माहुरी चराएर मह काट्ने गर्दा रहेछन्। उनले कति वर्षको उमेरदेखि मह काट्न थालेका हुन्रु ठ्याक्कै भन्न त सकेनन् । तरपनि सँगैको दौँतरीहरू कमाउनकै लागि भारतका साथै सुर्खेत, नेपालगञ्ज, काठमाडौँ गइरहँदा यिनले भने चुपचाप मह काटेर नै जीवनका थुप्रै वसन्त पार गरेछन्।

अन्य सम्बन्धित समाचार:  नेकपा नफुटेसम्म कुन समुहमा लाग्ने भन्ने टुंगो लाग्दैन: कांग्रेस

त्यसो त आममानिसको सपनाको शहर बनेको काठमाडौँ उनको आँखाले हेर्न पाएको छैन्। कुनैदिन त पुगिएला भनेर उनी गाँउमै रमाइरहेका रहेछन्। धनबहादुरले कमाउनको लागि मह काट्नुको अलाबा गाउँघरका सानातिना काम पनि गर्ने गरेको सुनाए। यी युवाको दैनिकी हेर्नेलाई सहज लागेपनि भोग्नेलाई ज्यादै कठिन होला सायद।