कोरोनाका कारण ‘आइफा अवार्ड’ स्थगित

काठमाडौँ। कोरोना भाइरसका कारण बलिउडको प्रतिष्ठित अवार्ड ‘इन्टरनेस्नल इन्डियन फिल्म एकेडेमी अवार्ड’ (आइफा) अवार्ड समारोह स्थगित भएको छ। कोरोना भाइरसको सङ्क्रमण विश्वभरका सिनेमा देखि धेरै क्षेत्रमा परिरहेका कारण ‘आइफा अवार्ड’ स्थगित गरिएको हो।

मध्यप्रदेशको इन्दोरमा यही मार्च २७ देखि २९ सम्म हुने भनिएको ‘आइफा अवार्ड’ कोरोना भाइरसका कारण स्थगित भएको बताइएको छ।
यस पटकको आइफा सुपरस्टार सलमान खान र रितेश देशमुखले होस्ट गर्ने भएका थिए।

तर कोरोना भाइरसको सङ्क्रमण बढे सँगै ‘आइफा आवार्ड’को आयोजकले मध्यप्रदेश सरकारसँगको छलफलपछि अवार्ड समारोह अहिलेलाई स्थगित गरेको बताइएको छ।

परिस्थिति अनुकुल भएपछि ‘आइफा अवार्ड’को नयाँ मिति घोषणा गरिने आयोजकको भनाई छ।

अन्य सम्बन्धित समाचार:  कमेडी च्याम्पियन सिजन–२ आजबाट