कोरोना त्रासः ‘म यस्तो गीत गाउँछु २’ को प्रदर्शन स्थगित

काठमाडौँ। कोरोना भाइरसको कारण नेपाली कथानक चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को प्रदर्शन स्थगित गरेको छ। अभिनेत्री पूजा शर्मा र पल शाहको मुख्य अभिनय रहेको फिल्म ‘म यस्तो गीत गाँउछु २’ निमार्ण युनिटले स्थगित गरेको हो।

शुक्रबार एक सूचना जारी गर्दै सरकारको अर्को सूचना नआए सम्मका लागि फिल्म प्रदर्शन स्थगित गरिएको फिल्म युनिटले जनाएको छ।

विश्वभर कोरोना भाइरस (कोभिड-१९) को त्रास बढेसँगै नेपालमा पनि यसको त्रास फैलिएको छ। यसैलाई मध्यनजर गर्दै आउँदो ३० गतेबाट प्रदर्शन गरिने भनिएको उक्त फिल्मको प्रदर्शन रोकिएको हो।