कोरोना : अत्यावश्यक सामान महँगोमा बेच्नेलाई कारबाही

काठमाडौँ।  कोरोना भाइरसको प्रकोपको मौकामा हुने कालोबजारीको गृह मन्त्रालयले अनुगमन गर्ने भएको छ।

शुक्रबार गृह मन्त्रालयमा गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा बसेको बैठकले अत्यावश्यक सामाग्रीको आपूर्ति व्यवस्थापनमा सहजीकरण गर्ने साथै महङ्गी तथा कालावजारीको नियन्त्रण गर्न बजार अनुगमन गर्ने निर्णय गरेको हो।

जनमानसमा कोरोना भाइरस सम्बन्धी जनचेतना बढाउन सूचनाहरु सम्प्रेषण गर्ने, कोरोना प्रभाव न्यूनिकरण गर्न पूर्वतयारी स्थितिमा रहने, देशको सीमा नाकाहरुमार्फत आवतजावत गर्नेहरुमाथि सुरक्षाकर्मीले थप निगरानी बढाउने तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा परीक्षण गर्न सहयोग गर्ने, र बैठकले निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  कोरोना संक्रमणबाट एकै परिवारका चार जनाको मृत्यु