काठमाडौँ। नेपाली कथानक चलचित्र ‘चपली हाईट ३’ को टिजर सार्वजनिक भएको छ। निकेश खड्काको निर्देशन रहेको यस चलचित्रको टिजर शुक्रबार निर्माण टिमले सार्वजनिक गरेको हो।
अर्जुनकुमारको निमार्ण रहेको उक्त चलचित्रमा स्वस्तिमा खड्का, अमिर गौतम, सुपुस्पा भट्ट, अर्पण थापा, लक्ष्मी बर्देवा, जीवन भट्टराई, लोकेन्द्र लेखक लगायतका कलाकारहरूको मुख्य अभिनय रहेको छ।
यो फिल्म चैत २८ गते प्रदर्शनमा आउँदै छ।