एसइई परीक्षा यथावत्

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी चैत ६ गतेदेखि तोकिएको माध्यमिक शिक्षा परीक्षा, कक्षा १० को यथावत् रुपमा सञ्चालन हुने स्पष्ट गरेको छ।

सो परीक्षा सारिएको भन्ने भ्रम सिर्जना नगर्न आग्रह गर्दै मन्त्रालयका प्रवक्ता दीपक शर्माले आज जारी गर्नुभएको विज्ञप्तिमा कोरोना भाइरसको सम्भावित जोखिमलाई ध्यान दिएर कक्षा १ देखि ९ सम्मका वार्षिक परीक्षा चैत ५ गतेभित्र सम्पन्न गरिसक्न निर्देशन दिइएको भए पनि एसइई परीक्षा यथावत् रहने जनाएका हुन्।

उनले परीक्षा सरेको वा विद्यालय बन्द गरिएको भन्ने जस्ता सूचनाका भ्रममा नपर्न आग्रह गर्दै परिस्थितिको विश्लेषण गरेर आवश्यकता र औचित्यका आधारमा थप निर्णय भएमा आधिकारिक रुपमा जानकारी दिइने जनाए।

अन्य सम्बन्धित समाचार:  प्रधानमन्त्री ओलीले स्विच थिचेसँगै सुन्दरीजलमा झर्यो मेलम्चीको पानी