हङकङद्वारा मलेशिया पराजित

काठमाडौं। मलेशियालाई पराजित गर्दै हङकङ एसीसी एशिया कप छनोट प्रतियोगिताका लागि छनोट भएको छ। थाइल्यान्डमा सम्पन्न एसीसी पूर्वी क्षेत्रीय टि–२० क्रिकेटमा हङकङले मलेशियालाई छ विकेटले पराजित गरेको हो। यस प्रतियोगिताबाट शीर्ष दुई टोलीले एशिया कप छनोटमा स्थान बनाउने प्रावधान रहेको छ। हङकङ उपविजेता बन्दै एशिया कपमा छनोट भएको हो।

थाइल्यान्डको टेडथाई क्रिकेट मैदानमा आज सम्पन्न प्रतियोगिताको अन्तिम खेलमा मलेशियाले जितका लागि दिएको १३३ रनको लक्ष्यलाई हङकङले १८ दशमलव पाँच ओभरमा चार विकेट गुमाउँदै पूरा ग¥यो। हङकङका शाहिद वासिफले ५० रनको अर्धशतकीय इनिङ्स खेल्दा जेम्स जोनले अविजित ३३ रन बनाए। बलिङतर्फ मलेशियाका पवनदीप सिंहले दुई विकेट लिए।

अन्य सम्बन्धित समाचार:  प्रिमियर लिगः लिभरपुललाई हराउँदै चेल्सी चौथो स्थानमा

टस जितेर पहिले ब्याटिङ गरेको मलेशियाले निर्धा्रित २० ओभरमा छ विकेट गुमाउँदै १३२ रनको योगफल बनाएको थियो। उसका लागि भिरणदिप सिंहले ३३, सायद अजिजले ३० तथा खिजार हायतले २२ रन बनाएको थियो। ह
ङ्कङका मोहमद अजिज खानले दुई विकेट लिए। हङकङले चार खेलमा छ अङ्क जोडेको हो। प्रतियोगिताको उपाधि भने सिङ्गापुरले जित्या। सिङ्गापुरले सात अङ्क जोड्दै उपाधि जितेको हो।

आजै हुने भनिएको नेपाल र सिङ्गापुरबीचको खेल वर्षाका कारण टस नै गर्न नपाइ रद्द भएको थियो। वर्षाले मैदान खेल्न योग्य नभएपछि दुवै टोलीले एक÷एक अङ्क बाँडेका थिए। नेपाल भने यसअघि नै प्रतियोगितबाट बाहिरिएको थियो।