न मेरी आमा छिन् न मेरो दुखमा हौसला दिने रबि नै (भाग २)

-अनु विश्वकर्मा

बेहोसी शरीर लिएर हस्पिटलमै ढलिरहे। हर्ष र खुसीको सिमा थिएन। आमा र श्रीमानलाई सप्राइज दिन्छु भनेर सोचेको थिए तर उहाँहरूले नै मलाई सप्राइज  दिएर जानुभयो।

आमाले भन्नुहुन्थ्यो जीवन भनेको कर्कलाको पानी जस्तै हो कति अडिन्छ कति पोखिन्छ भनेर था हुँदैन भनेर त्यसैले होला आज न कर्कलाको पानीले मेरो जीवन बुझ्यो न त मैले मेरो भाग्य। आमा र रविको काजकिरिया सकिएपछि फेरि मलाई अर्कै दुनियाँमा पुगेको भान भयो। नियालेर आफूलाई  हेरे म सपनामा छु जस्तै लाग्यो। आँसुहरू नरोकिइ खस्न थाले।

आमा र रबीलाई सम्झिँदा मेरो युद्धको जन्मदाता र योद्धा युद्धबाट वीरगति प्राप्त गरे झै लाग्थ्यो। रविको घरमा मलाई अलच्छिनी भनियो पोइ टोकुवा भनियो। सानो जात भएकै कारण मलाई रविको क्रिया बस्न समेत छुट्टै ठाउँ बनाइदो। मेरो ओठको खुसी खोसियो, शिरको सिन्दुर पुछियो यति मात्रै पुगेन भनेर अझै मेरो जातलाई लिएर सिङ्गो मानव जातिको धज्जी उडाइयो तर पनि म लाचार थिए।

समाजका एक दुई जना बाट यो पनि सुन्न पाए कि सानो जातलाई बिहे गरेकै कारण रविको कुललाई सह्य नभएर रबीलाई सजाए दिएको हो आदि इत्यादि। हजार वचन र अपमान सहेर जिउँदो लास भएर बाँच्नुपरेको थियो। उनीहरूको सामु शिर निहुराएर आँसु झार्न बाहेक म सँग विकल्प थिएन। म मा त्यो हिम्मत थिएन त्यो आत्मबल थिएन त्यो हौसला थिएन जुन रबि मेरो साथमा हुँदा थियो। कति फरक हुँदो रैछ कसैको साथ हुनु र नहुनुमा।
कति फरक पार्दो रैछ एउटा मान्छेको मायाले। रबि साथमा हुँदा संसार जित्छु झै लाग्थ्यो तर आज संसारको सबै भन्दा दुखी प्राणी मै हु जस्तो लाग्यो। पेटमा हुर्किरहेको रविको नासो हाम्रो मायाको चिनो नै अब मेरो जिउने सहारा बनेको थियो।  पेट भर्न र आँउदै गरेको सन्तानको लागि पनि मैले केही गर्नुपर्ने थियो।

जानेहरू सजिलै छोडेर जान्छन् तर उनीहरूको यादमा रुनेलाई  मात्रै था हुँदो रैछ पीडाको आकाश खस्दा कस्तो हुन्छ भनेर। गाऊबाट बहिनीलाई लिएर शहर झरे। बहिनीको म बाहेक र मेरो बहिनी बाहेक को नै थियो र । एक दुई महिनासम्म शोकमै बित्यो जिन्दगी। मन खोलेर हाँस्न मन लाग्दैनथ्यो। कोठामा यता पनि रबि उता पनि रबि नै देख्थे कोठा सर्ने बिचार गरे।

गाँउमा मात्रै हैन शहरमा पनि एकल महिलालाई हेर्ने नजर फरक हुँदो रैछ। कोठा दिन जो कोहीले सजिलै हुन्छ भन्न सकेनन्। भाडा तिर्न सक्दिनँ कि भनेर हो या एक्लै देखेर हो। आखिर जसले पनि बलेकै आगो ताप्ने त होनि। दुखको बेला आफ्नो पनि पराइ हुन्छन् भन्ने सुनेको थिए आज आफैलाइ परे पछि थाहा भयो।जहाँ कोठा खोज्न जादा पनि पहिलो प्रश्न के जात अनि श्रीमान कहाँ छन भनेर। यी प्रश्नहरुले आलो घाउमा नुन छर्किए झै लाग्थ्यो तर आफ्नो बाध्यताले मलाई झनै कमजोर बनायो।  एक  साता लगाएर कोठा भेटियो। तर रविको याद मेटिएन।

बिस्तारै दिनहरु बित्दै गए।अब त पहिलेको खर्चहरु पनि सकिन थाल्यो बहिनी सानी छिन उनको पनि ख्याल गर्न पर्यो। कोठा भाडा तिर्ने महिना पुग्न लाग्यो। कमाएर ल्याइदिने अर्को कोहि छैन। पहिले पढाउने बिधालयमा सम्पर्क गरे प्रधान्द्यापकको अनुमती लिएर कक्षामा पसे। साना साना नानी बाबुहरु मलाई हेरेर सहानुभूति देखाइरहेछन जस्तो लाग्यो। अरु बेला अलि कडा स्वाभाबको थिए म तर यति बेला अलि उच्च स्वरमा बोल्न पनि डर लागिरहे जस्तो स्वर कापिरहे जस्तो महसुस गरे।

शिक्षक साथीहरुले  पनि सहानुभूति देखाए। मलाई त्यो बिधालयमा एक्छिन पनि टेकिन गारो भयो। हाप छुट्टीमा बिदा लिएर कोठा तिर लागे। चक्कर लाग्ला जस्तो भयो। बेस्सरी चिच्याएर रुन मन लाग्यो। तर यहाँ मन खोलेर रुन पनि कहाँ पाइन्थ्यो र छेक्थ्यो अनेक बाहाना र जिम्मेवारीले।

रातभरि निदाउन सकिन बहिनी लाई स्माएर बेस्सरी रोए । भोलिपल्ट स्कुल जान मन लागेन। रविको यादले सताइरह्न्थ्यो जता गए पनि तर म रविको याद बाट कहिलेसम्म भागेर हिद्ने। कहाँ कहाँ बाट भागु रुबहिनिलाइ म जस्तो अभागी बनाउनु थिएन। उसको सुन्दर भबिस्यको लागि अनेक सपनाहरू थिए । त्यसैले बहिनीलाई लिएर स्कुल गए। बहिनीलाई ७ कक्षामा भर्ना गर्दिए। भोलिपल्ट बहिनीलाई नया ड्रेस नया झोला नया किताहरु किनिदिए महिनिको ओठमा खुसी थपिदै गयो। बहिनीको खुसी हेरेर म आफ्नो पीडा भुलाउन खोज्दै थिए।
यसरी दिन प्रतिदिन पिडाहरु सेलाउदै थिए भने मेरो पेटमा बच्चा हुर्किदै थियो। खुसिका पलहरु उदाउदै थिए। बहिनिले फाइनल परिक्षामा९८ प्रतिशत लिएर बिधालय टप गरेर ८ कक्षामा पुगिन। मेरो खुसीको सिमा थिएन।  लाग्थ्यो जिबनमा दुख मात्रै हैन कहि कतै झुक्किएर सुख पनि आउँछ कहिलेकाँही

एकातिर बैनिको प्रगति देखेर खुसि थिए, अर्कोतिर आफ्नो भबिस्य सम्झिएर दुखी। दिनहरु बित्दै गए। समय नजिकिदै गयो रबि र आमाले हामीलाई अनाथ बनाएर गएको पनि ८ महिना पुगिसकेछ। बिस्तारै पुराना घाउहरुमा खत बस्दै थियोे। हाम्रो मायाको चिनोले सन्सारमा पाइला टेक्नेदिन  नजिकिदै थियो। मनमा एकप्रकारको उल्लास थियो।यिनै कुराहरु सोचेर दिन बिताउथे। जसोतसो जागिर चलेकै थियो । राती सुत्न सक्दैन थिए।जबर्जस्ति निदाउने प्रयास गर्थे तर बड्दै गैरहेको पेट्ले गर्दा सुत्नै अप्ठ्यारो हुन्थ्यो।

एक दिन अचानक स्कुलमा अलि असहज भएको अनुभव गरे पेट दुखे जस्तो भयो। हस्पिटल गयो। नर्सहरुले समय आइपुगेको कुरा जानकारी दिए। पहिलो चोटि बच्चा जन्माउने वाला थिए मनमा हजारौं कुराहरु खेलिरहेका थिए।कतै केही भैहल्यो भने झन्झन् गाह्रो हुँदै गयो। आमालाई फेरि एकचोटि सम्झिन मन लाग्यो कसरी सहिन होला म जन्मिदाको पिडा। डाक्टरहरुले विविध समस्याको कारण देखाउदै शल्यक्रिया गर्नुपर्ने कुरा गरे। मेरो शल्यक्रिया सुरु भयो। बिउझिने बेला म एक्लै  थिए।

डाक्टरहरुले छोरा जन्मिएको भन्दै बधाई दिदै छोरा को अनुहार देखाए। आफ्नो सन्तानको अनुहार देखे पछि एउटा आमाले आफ्नो सबै ब्यथा बिर्सिदो रहेछ। कति मिठो छ यो आमा शब्द जति भने पनि भनौँ लाग्ने जति सुनेपनि सुनौँ सुर्नौ लाग्ने साँच्चै महान् छन् ति आमाहरु जसले सुखदुख केहि नभनी आफ्नो सन्तानको खुशीमा रमाउन जानेका हुन्छन्। सन्तानलाई निश्वार्थ माया गर्छन्।

हृदय देखि सलाम छ ति आमाहरू लाई र धेरै सम्झना छ मेरी आमालाई आज यो संसारमा नरहे पनि मेरो मुटुमा सधैँ रहनु हुनेछ अबको सबै जन्म हजुरको नै कोखमा जन्मिन पाउ आमा।

रबि सबै जन्म मा म तिम्रै हुन पाउँ तिम्रो ठाँउमा अरु कसैलई पनि बस्न दिने छैन। यो मेरो बाचा भयो। तिमी पनि म संग बाचा गर्नु कि अर्को जन्ममा मलाई यसरि विच बाटोमै एक्लै पारेर जाने छैनौ।