म खाँटी नारीवादी (कविता)

खै! म कसरी वर्णन गरूँ
मेरो प्रशंशा कसैले गर्दैनन्
निराशाको सागरभित्र
एक मुठी खुशी कसैले थप्दैनन्
मनभित्रै डर लरवराईरहेछ,
कतै कराही चलाउँदा डढेको हातले
कुचो समाउँदा ऊठेको फोकाले,
मेरै निधारमा दक्षिणा टक्रयाईदिने पो हुन् कि?
किनकि म खाँटी नारीवादी हूँ।

सक्ने जति आँशु त दिएकै छु
मिल्ने जति सेवा त मैले लिएकै छु
तर अफशोच!
मेरी उनीलाई थाहै छैन
म कति नारीवादी छु भनेर,
किनकि,
किनकि म
दिनभरि तास खेलेर,
छोरा(छोरीको गास भट्टीमैँ निलेर
मध्यरात सम्म रास झेलेर
सूर्योदय नहुदै घर पुग्दापनि,
चिन्ता र पीडाले रसाएका आँखाले
माया दर्शाउँदै मेचमा खाना टक्र्याउँदा पनि
कहिल्यै एक झापड खाईनन्
किनकि ,
किनकि, मलाई बिजोर मन पर्दैनथ्यो
अनि नारीको सम्मान गर्दै
अनिन्द्राले थकित अनुहारलाई
दश औलाको जोर ऊपहार दिनु पर्थ्यो।

म खाँटी नारीवादी हूँ
नपत्याए मेरी उनीलाई सोध्नुस् त!
दिन रात मैले कति आँशु उपहार दिएँ?
समानताको हवाला दिदै
कति गर्भपतन गराई छोरा ऊपहार लिएँ
कति नारीवादी भाषणका माईक चलाएँ
कति रात मैले नदुखेका गोडा मडाएँ
म खाँटी नारीवादी हूँ
त्यसैले मैले माईक समाएँ
त्यसैले मैले माया लगाएँ
नपत्याए केहि घण्टापछि
मेरो घरको दैलोबाट चियाएर हेर्नू
तपाईँ नपुग्दै खेल चालु रहला वा सकिएला
तर,
तर म दृढ बिश्वस्त छु
माईक समाएको यो हात
खाँटी नारीवादीको यो हात
मेरी उनीको कपालका रौँ गनिरहेको हुनेछ
मौका मिलेमा हात डढाऊदै पकाएको खाना
चर्पीभित्रको पाहुना हुनेछ।

म सभामा माईक समाऊँछु
नारी अधिकारका भाषण बजाऊँछु
माया पिरतीका गजल गाउँछु
तर ,
तर जब म घर जान्छु
ढोका खोल्ने बित्तिकै प्यारीका
नितम्ब दवाउँछु
उन्मत्त साँढेजस्तै म उनलाई भोग गर्छु
अटेरी गरे घाँटी दवाउँछु
सक्ने जति रुवाउँछु
त्यसैले म खाँटी नारीवादी हूँ।

-भोजराज पाठक (शिकागो)