चट्याङ लागेर एकको मृत्यु, एक घाइते

हेटौँडा। वर्षासँगै परेको चट्याङ लागेर शनिबार बिहान भिमफेदी गाउँपालिका–९ मा एकजनाको मृत्यु भएको छ। एकजना घाइते भएका छन्।

चट्याङले च्याउखोलाका २३ वर्षीय विजय स्याङतानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। गम्भीर घाइते भएको विजयको उपचारको क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको जनाइएको छ।

त्यसैगरी विजयीकी श्रीमती २२ वर्षीया सविता घाइते भएकी छिन्। उन हेटौँडा अस्पतालमा उपचार भइरहेको छ।

अन्य सम्बन्धित समाचार:  महोत्तरीको जङ्गलमा पाँच दर्जन नीलगाई फेला