गज्जब भो भाइ गज्जब भो!

मेरो पहाडमा गोरु सुत्केरी भो।
राज्य माग्ने मेरा मित्रहरु
एकाएक बोर्डमा हाम फालेको देख्दा
गोर्खाली र नेपाली मासिएर
कालीपोके भो।

जातमा विभाजन हामीमात्र
बंगाली,बिहारी कता गएछन?
गरीब देशमा हामीमात्र कि
जातीय एकता खाडलमै गो।
कसले माग्ने राज्य अब
आन्दोलन गर्ने अब को?

बोर्डका पछि लामेतात
जातकै भित्र झगडा शुरु भो।
राताबत्ती बाल्ने सुरमा
गोरु सुत्केरी भो।
निमुखा जनता जहाँका त्यहि
सन्तानले अब मुख देखाई नसक्नु भो।

-ध्रुब अधिकारी कालेबुंग