‘नेपाल स्टार’ आजबाट सुरु

काठमाडौँ। सिङ्गिङ् रियालिटि सो ‘नेपाल स्टार’ आजबाट सुरु हुँदै छ। ‘हामी नेपाली हाम्रो आवाज’ भन्ने नाराका साथ ‘नेपाल स्टार’ सुरु हुन लागेको हो।

यस सो का लागि देशका ७ वटा प्रदेशमा नै अडिसन भइसकेको छ। यस ‘नेपाल स्टार’ मा सङ्गीतकार आलोक श्री, गायक रामकृष्ण ढकाल र गायिका अञ्जु पन्त निर्णायक रहेका छन्।

यस रियालिटी शोका विजेताले ३५ लाख नगद प्राप्त गर्ने छ। अन्तिम ४ प्रतिस्पर्धीलाई ५-५ लाख नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ। रियालिटि सो आज राति नौ बजेबाट नेपाल टेलिभिजनमा प्रसारण हुँदै छ।

नेपालमा केही वर्ष यतादेखि सिङ्गिङ् रियालिटी सो ‘नेपाल आइडल’, ‘भ्वाइस अफ नेपाल’ सञ्चालन हुँदै आएको छ।

अन्य सम्बन्धित समाचार:  ‘कबड्डी–४’ ०७८ असोज १५ मा रिलिज हुने