कोरोनाका कारण फेसबुकको कार्यालय बन्द

काठमाडौँ।  कोरोना भाइरसको सङ्क्रमण संसारभर फैलिँदै जाँदा सामाजिक सञ्जाल फेसबुकको कार्यालयमा पनि त्यसको असर पुगेको छ।फेसबुकले आफ्ना ३ वटा कार्यालय बन्द गर्दै कर्मचारीलाई घर फिर्ता गरेको छ।  कर्मचारीले अफिस नआई घरबाटै काम गर्नसक्ने सुविधा फेसबुकले दिएको छ।

विश्वभर कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या १ लाख नाघेको छ। भने, ३ हजार ४०० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

फेसबुकले लन्डनस्थित कार्यालय बन्द गरेको छ। लन्डनस्थित सबै कार्यालय सोमवार सम्मका लागि बन्द गरिएको हो। त्यतिबेलासम्म फेसबुकका सबै ३ हजार कर्मचारी घरबाटै काम गर्नेछन्।

फेसबुकले सबै कर्मचारीलाई घरैबाट काम गर्न र कोरोनाको लक्षण देखिए तत्काल प्रशासनमा सूचना दिन निर्देशन दिएको छ।
बिदा गरिएको अवधिमा फेसबुकले कार्यालयमा सफाइ गर्ने जनाएको छ। कार्यालयमा सफाइ गरेर कोरोना सङ्क्रमणको खतरा हटेपछि मात्रै कार्यालय सञ्चालनमा ल्याइने बताइएको छ।

अन्य सम्बन्धित समाचार:  विद्यालयबाटै ३ सयभन्दा बढी बालबालिका अपहरण