कोरोना भाइरसको जोखिमबाट सचेत रहन रोल्पा जिल्ला प्रशासनको आग्रह

रोल्पा। कोरोना भाइरसको जोखिमबाट बच्नकोलागि जिल्ला प्रशासन कार्यालय रोल्पाले सार्वजनिक सूचना जारी गर्दे सचेत रहन जिल्लावासीमा आग्रह गरेको छ। यस अन्तर्गत स–साना पारिवारिक भेटघाट बाहेक अन्य कुनै सभासमारोह, जात्रा पर्व, फागु पूर्णिमामा हुन जाने भीडभाडका कारण कोरोनाको संक्रमण हुनसक्ने भएकाले यसबाट सुरक्षित रहन आग्रह गरेको छ।

त्यसैगरि कोभिड १९ को संम्भावित जोखिमको वहानामा कालो बजारी र कृत्रिम अभाव हुन नदिन सजग गराईएको जनाएको छ। यसकासाथै जिल्लास्थित स्वास्थ्यक्रर्मीहरु आवश्यक परेको बेलामा स्वास्थ्यसेवा तथा परामर्श समेत उपलव्ध गराउन तयारी अवस्थामा रहन समेत अनुरोध गरेको छ।

त्यसैगरि यस भाइरस भएर निम्तन सक्ने संक्रमणको रोकथाम, नियन्त्रण र सजगता अपनाउन जिल्लास्थित सरकारी र ग्रैहसरकारी कार्यालयहरु, स्थानीय तहहरु, स्थानीय सञ्चारमाध्यम, रेडक्रस, पेशाक्रर्मी, समाजसेवी तथा सम्पूर्ण सामाजिक अगुवाहरुलाई तयारी अवस्थामा रहन निमित्त प्रमुख जिल्ला अधिकारी नवराज शर्मा दोरङ्गाद्वारा जारी सूचनामा उल्लेख छ।