सर्दै ‘नीरफूल’

काठमाडौँ। नेपाली कथानक चलचित्र ‘नीरफूल’ले फेरी प्रदर्शन मिति सारेको छ। कोरोना भाइरसको त्रासका कारण चलचित्रले प्रदर्शन मिति सारेको हो। फिल्मको अर्को प्रदर्शन मिति भने तय भएको छैन।

‘नीरफूल’ले फागुन ३० गतेलाई प्रदर्शन मिति तय गरेको थियो। तर त्यही मितिमा ‘म यस्तो गीत गाउँछु २’ रिलिज हुने भए पछि चैत्र ७ गतेलाई प्रदर्शन मिति तय गरेको थियो।

फुलमान बलको निर्देशन रहेको यस फिल्ममा भुकम्पको कारण टुटेको परिवारलाई एक बनाउँन गरिएको सङ्घर्षको कथा समेटिएको छ। फिल्ममा दयाहाङ राई, शान्ति वाइवा, बुद्धि तामाङ लगायतका कलाकारहरूको मुख्य भूमिका रहेको छ। फिल्ममा अभिनेत्री रेखा थापाले पनि अतिथि भूमिका निर्वाह गरेकी छिन्।

फिल्मको पटकथा सचिन घिमिरे र निर्देशक बलले लेखेका हुन भने सचिन एशोसिएट निर्देशकको रुपमा पनि छन्। फ्रेन्ड्स अफ नेपाल–म्यान्मार फ्रेन्डसिप काउन्सिल सितको सहकार्यमा सेलो प्रोडक्सनले निर्माण गरेको फिल्मको कार्यकारी निर्माता भने दुबईकी सोनाम डोमा हुन्।

अन्य सम्बन्धित समाचार:  पल शाहविरुद्ध उजुरी, कुटपिट गरेको आरोप