इटलीमा एकैदिन कोरोना भाइरसको कारण ४९ जनाको मृत्यु

काठमाडौं। कोरोना भाइरसको कारण विश्वका धेरैजस्तो देश अछुतो रहेनन्। यस भाइरसको कारण इटलीमा एकैदिन २४ घन्टाको अन्तरालमा ४९ जनाको ज्यान गएको छ। यससँगै इटलीमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १९७ पुगेको छ। कोरोनाको संक्रमणको थालनी भएयता यो जीवाणुको कारण एकैदिन यति ठूलो संख्यामा मृत्यु भएको समाचारले यसको संक्रमण कसरी र कुन रुपमा बढिरहेको छ भन्ने बुझन् सकिन्छ।

त्यसो त नेपालमा सरकारी तवरबाट कोरोनाको उच्च सुरक्षाकोलागि सरकार लागिपरेको बताईएपनि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भएर नेपाल छिरेका झण्डै ६८६ जना इटलीएन नागरिकको सामान्य ज्वरो परिक्षण गरेर मात्र नपुग्ने भनाइहरु चिकित्सकहरुको नै छ।

जे जस्तो भएपनि कोरोना भाइरसको संक्रमणले मान्छेको मृत्यु नै हुन्छ भन्ने छैंन्। विश्वस्वास्थ्य संगठनले दिएको जानकारी अनुसार यस भाइरस संक्रमण भएका मध्य ३.४ प्रतिशतको मात्र मृत्यु भएको छ। संक्रमित मध्य ९६ प्रतिशत निको भएर घर फर्केका छन्।

अन्य सम्बन्धित समाचार:  देउवासँग मिलेर संयुक्त सरकार बनाउन प्रचण्ड र माधवको प्रस्ताव