प्राण लिने खतरनाक बिरुवा

काठमाडौँ। मानिसहरू आफ्नो घर सजाउनमा लागि भिन्न बोटविरुवा अथवा फूल रोप्ने गरेको पाइन्छ। यसै बोट बिरुवाका कारण मानिसको अस्त्वि रहेको हुन्छ।

विश्वमा कयौँ यस्तो बिरुवाहरू छन्। जसले मानिसको लागी खतरा सावित हुन सक्छ। भने ज्यानै पनि लिन सक्छ। लण्डनमा यस्तो एउटा बिरुवा रहेको छ। जसको सर्प भन्दा पनि बढि विषालु हुन्छ।

यो बिरुवालाई बोलिचालीमा ‘होगवीज’ या (किलर ट्री) भन्ने गरिन्छ। यसको वैज्ञानिक नाम ‘हेरकिलम मेन्टागेजिएनम’ रहेको छ। यस बिरुवालाई बेलायतको लंकासायर नदीको किनारमा देख्न सकिन्छ। यस खतरनाक बिरुवाको लम्बाइ अधिकतम  १४ फिट सम्म हुन्छ। यदि कसैले यस बिरुवालाई छोएमा उसको हातमा बिबिरा तथा ठेला उठ्न सक्छ। वैज्ञानिक अनुसार यसलाई छोएको ४८ घण्टा भित्र यसले आफ्नो भयानक असर देखाउन सुरु गर्छ।

अन्य सम्बन्धित समाचार:  नाइजरको विद्यालयमा भिषण आगलागी, २० बालबालिकाको मृत्यु

यो बिरुवा हेर्दामा जत्ति आकर्षक छ त्यति नै खतरनाक रहेको छ। यसलाई स्पर्श गरेमा केही समयमा नै छाला जल्न सुरु हुन्छ। भने आँखामा परेमा आँखाको ज्योति समेत गुम्न सक्छ।

अहिले सम्म यस बिरुवाको असरलाई रोक्ने सटीक औषधी बनाउन बनाउन सकिएको छैन। यस बिरुवा विषालु हुनुको कारण यसभित्र पाइने ‘सेन्सआइजिंग फूरानोकौमरिन्स’ नामक रसायन रहेको छ।

यस बिरुवाले वातावरणमा अक्सिजन र कार्बनडाइअक्साइडलाई सन्तुलन राख्नमा महत्वपूर्ण भूमिका पनि खेलेको हुन्छ।