बुद्धजयन्ती मनाउन विभिन्न समिति

लुम्बिनी । दुईहजार ५६४औँ बुद्धजयन्ती तथा तेस्रो अन्तरराष्ट्रिय बौद्ध सम्मेलन सफलतापूर्वक सम्पन्न गर्न विभिन्न उपसमिति गठन गरिएका छन्। लुम्बिनी विकास कोषका कायममुकाम सदस्यसचिव ज्ञानिन राईका अनुसार बुद्धजयन्ती तथा तेस्रो अन्तरराष्ट्रिय बौद्ध सम्मेलनलाई लक्ष्य गरी २२ उपसमितिका संयोजक चयन गरिएका हुन्। लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठीको संयोजकत्वमा अन्तर्राष्ट्रिय सम्मेलन व्यवस्थापन उपसमिति गठन गरिएको छ।

लुम्बिनी विकास कोषको कोषाध्यक्ष सुरेन्द्रमुनि शाक्यको संयोजकत्वमा आर्थिक व्यवस्थापन उपसमिति, प्रदेश समन्वय उपसमिति संयोजकमा प्रमुख सचिव, प्रदेश सरकार, प्रदेश नं ५, वृक्षरोपण तथा सरसफाइ उपसमितिका संयोजकमा लुम्बिनी सांस्कृतिक नगरपालिका प्रमुख मनमोहन चौधरी चयन भए।

प्रचारप्रसार उपसमितिका संयोजकमा नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्य, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यको संयोजकत्वमा अन्तरनिकाय समन्वय उपसमिति, प्रा डा त्रिरत्न मानन्धरको संयोजकत्वमा प्राज्ञिक उपसमिति, अखिल नेपाल भिक्षु महासङ्घका अध्यक्ष भिक्षुमैत्री महास्थवीरको संयोजकत्वमा धार्मिक पूजा तथा अनुष्ठान उपसमिति गठन गरिएको लुम्बिनी विकास कोषको सूचना शाखाले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  रुपन्देहीमा थप दुई कोरोना संक्रमितको मृत्यु