९० मुलुकमा कोरोना भाइरस

काठमाडौँ। चीनमा नियन्त्रण उन्मुख कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण विश्वमा भने तिव्र गतिमा फैलिरहेको छ। ९० मुलुकमा फैलिएको सो भाइरसका कारण १ लाख बढी सङ्क्रमित भएका छन्।

अमेरिकाको सान्फ्रान्सिस्कोस्थित एक पानी जहाजमा सवार १ हजार १ सय यात्रु मध्ये २१ जनामा सङ्क्रमण पुष्टि भएको छ। सङ्क्रमितलाई विशेष उपचारको व्यवस्था गरिने र अन्यलाई क्वारेन्टाइनमा राखिने जनाएको छ।

अमेरिकाले सङ्क्रमण नियन्त्रणका लागि ८ अर्ब डलर विनियोजन गरिएको छ। अमेरिकामा कोरोना आक्रमणकै कारण १५ जनाले ज्यान गुमाइसकेका छन्।

अन्य सम्बन्धित समाचार:  बाटो बिराएकालाई फर्कन प्रचण्ड–माधव समुहको आग्रह