काठमाडौँ। ११० औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस आज विश्वभर विविध कार्यक्रम गरी मनाइँदैछ।
हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ। नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर महिला दिवस मनाउने प्रचलन छ।
राजनीतिबाट सुरु भएता पनि हाल महिला अधिकार, महिला सशक्तीकरण र समानता आदि सवालहरू अन्तर्राष्ट्रिय महिला दिवसका मुद्दा हुने गरेका छन्।
(नेपाली पत्रिकाको तर्फबाट ११० औं अन्तर्राष्ट्रिय महिला दिवसको शुभकामना)