जिप दुर्घटना हुँदा एकको मृत्यु, ४ गम्भीर

Latest Nepali News, Politics, Videos, Entertainment & Sports

बैतडी। धनगढीबाट दार्चुला जाँदै गरेको अनटेष्ट १२५७ नं. को जिप दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटनमा दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। अन्य ६ जना घाइते भएका छन्। जिप चालक दार्चुलाका दुहु गाउँपालिकाका ३५ वर्षीय धनसिंह बडालको मृत्यु भएको छ।

दुर्घटनामा ६ जना घाइते भएका छन्। घाइते हुनेमा दार्चुला दुहु–४ कै २३ वर्षीय सुरेन्द्र बम, ३८ वर्षीय हरकसिंह बडाल, ४१ वर्षीय प्रेमबल्लब जोशी, ४१ वर्षीय धनराज जोशी, २० वर्षीय हेमन्ती बम र २२ वर्षीया द्रोपती जोशी रहेका छन्।

घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण खुलेको छैन। घाइतेको जिल्लामा उपचार हुन नसक्दा अन्यत्र रिफर गरिएको बताइएको छ।

अन्य सम्बन्धित समाचार:  कर्णाली करिडोरमा फेरि आयो ‘फेरी’