फागुन २५ गतेदेखि चैत्र १ गतेसम्मको राशिफल

मेष राशि (चु,चे,चो,ला,लि,लु,ले,लो,अ) यो साता मेष राशिको समय राम्रो छ। आम्दानीमा बढ्ने योग छ। जागिर खोज्ने तथा जागिरदार व्यक्तिहरूको प्रमोसन हुन सक्ने सम्भावना छ। व्यवसायमा सफलतासँगै विदेश यात्राको सम्भावना देखिन्छ। परिवार र सन्तान मा राम्रो छ। वैवाहिक जीवन सुखद रहनेछ। पढाइमा थोरै कमजोर होला। प्रेममा पर्न सक्ने सम्भावना छ।

वृष राशि (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो) समय ठिकै खालको छ। आम्दानी राम्रो रहने सम्भावना छ। खर्चमा थोरै वृद्धि हुनसक्छ। जागिर गर्ने व्यक्तिहरूको लागि उपयुक्त खालको समय छ। व्यवसायमा लाभ होला। यात्रामा थोरै सचेत रहनुहोला। परिवार तथा सन्तानबाट राम्रो खबर सुन्न पाइएला। पढाइ राम्रै रहनेछ। प्रेमे सम्बन्धन ठिकै रहनेछ। साथीभाइ सँगको सम्बन्धमा ख्याल गर्नुहोला। झन्झट र झैझगडामा भने नपरेकै जाति।

मिथुन राशि (का,कि,कु,घ,ङ,छ,के,को,हा) यो साता  समय सफलता प्राप्त गर्ने खालको छ। परिवारमा कुनै नयाँ नयाँ सदस्य को आगमन हुनसक्छ। नयाँ अतिथिहरूसँग भेटघाट हुन सक्ने सम्भावना छ। पति पत्नी बिच सम्बन्ध सुखद रहनेछ। व्यवसायमा धन लाभ रहला। नोकरीको गर्ने व्यक्तिहरूको लागि अत्यन्तै राम्रो समय छ। भ्रमणको राम्रो योग देखिँदैन तर आम्दानीका नयाँनयाँ अवसरहरू हुन सक्ने सम्भावना छ। नयाँ व्यवसाय गर्ने तथा लगानी गर्नेहरुका लागि उपयुक्त समय रहेको छ।

कर्कट राशि (हि,हु,हे,हो,डा,डि,डु,डे,डो) यो साता स्वास्थ्यमा समस्या रहन सक्नेछ। लामो समयको लागि गरिने लगानीहरू साथै स्थिर सम्पत्ति जोरजाम गर्ने राम्रो अवसर रहेको छ। व्यवसायबाट लाभ देखिन्छ। परिवार तथा सन्तान दुवैमा लाभकारी हुने छ। भ्रमण तथा शुभकार्यको लागि यो साता राम्रो रहनेछ। प्रेम प्रसङ्गको लागि समय उपयुक्त छ। मानसिक तनाव, पेट सम्बन्धी समस्या देखिन सक्छ। खानपिनमा ध्यान दिनुहोला। स्वास्थ्यमा बढी नै ध्यान दिनुपर्ने अवस्था छ।

सिंह राशि  (मा,मि,मु,मे,मो,टा,टि,टु,टे) यो साता मान प्रतिष्ठा बढ्ने सम्भावना देखिन्छ। उमेर पुगेका हरूको विवाह हुन सक्ने वा प्रेम हुने सम्भावना छ। विदेश यात्राको लागि समय खासै राम्रो छैन। विद्यार्थी को पढाइ राम्रो देखिन्छ। आम्दानी बढ्न सक्ने समय छ। जागिर तथा व्यवसाय गर्नेहरूको लागि राम्रो समय छ। सन्तानबाट सुखद समाचार सुन्न सकिनेछ।

कन्या राशि (टो,पा,पि,पु,ष,ण,ठ,पे,पो) समय उपयुक्त रहेको छ। मनमा अत्यन्तै राम्रा विचारहरूले स्थान पाउनेछन्। स्वास्थ्यमा स्फूर्ति रहने छ। परिवार साथीभाइ तथा इष्टमित्रबाट लाभ रहने समय छ। आम्दानी बढ्ने, नयाँ जागिर पाउने सम्भावना देखिन्छ। विदेश यात्राको लागि उपयुक्त समय छ। यो साता अन्य राशिको भन्दा यो राशिको लागि उपयुक्त समय छ।

तुला राशि (रा,रि,रु,रे,रो,ता,ति,तु,ते) यो साता थोरै समस्याको समय छ। काममा असफलता, खर्चमा वृद्धि, अनावश्यक यात्रा जस्ता कुराहरूले मनमा समस्याहरू उत्पन्न हुने छ। स्वास्थ्यमा समस्या रहला। साथीभाइ तथा परिवार बाट भने सहयोग मिल्न सक्छ। निर्णयहरू गर्दा आफूभन्दा ठूला तथा अनुभवी व्यक्तिहरूको सहयोगले निर्णय लिनु होला। जस कारण सफलता मिल्न सक्ने सम्भावना देखिन्छ। पढाइमा राम्रै छ। नयाँ भेटघाट हुन सक्छ।

वृश्चिक राशि  (तो,ना,नि,नु,ने,नो,या,यि,यु) यो साता तपाईंको समय ठिकै रहनेछ। परिवार तथा साथीभाइबाट खासै सहयोग हुने योग छैन। आफ्नो विचार ले काम गर्ने अथवा गर्न पाउने सम्भावना कम रहेको छ। परिवार तथा साथीभाइहरूले सल्लाह दिने समय छ। स्वास्थ्यमा राम्रै देखिन्छ। आम्दानी बढ्ने सम्भावना छैन। खर्चमा विशेष ध्यान राख्नुहोला। यो साताको विदेश भ्रमणको लागि भने उपयुक्त देखिन्छ। बिध्यार्थीहरुको लागी पढाइ राम्रै छ।

धनु राशि  (ये,यो,भा,भि,भु,धा,फा,ढा,भे) भ्रमणको समय छ। विभिन्न खालका शुभ भ्रमणहरु हुन सक्छ। विदेश यात्राको लागि सफल यात्रा रहन सक्नेछ। विद्यार्थीहरूको लागि पढाइमा लाग्ला पेशा तथा व्यवसाय गर्ने व्यक्तिहरूको लागि लाभ कारक समय छ। पारिवारिक जीवन सन्तोष छ। प्रेम प्रसंगहरु हुन सक्छ। स्वास्थ्यमा ख्याल राख्नुहोला। खानपानमा ध्यान राख्नु पर्नेछ। यो हप्ता आम्दानी राम्रै देखिन्छ।

मकर राशि (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) राम्रो खालको समय छ। नोकरी बाट लाभ हुन सक्ने समय छ। शुभ कार्यहरु हुन सक्लान। परिवार तथा वैवाहिक जीवन सुखद रहनेछ। विद्यार्थीहरूको लागि राम्रै रहला। पुजा पाठ जस्ता कार्यहरु हुन सक्ने देखिन्छ। विदेश यात्रासँगै अन्य छोटा यात्राहरु हुन सक्छ। आम्दानी भन्दा खर्च बढी रहन सक्ने देखिन्छ। लगानीकर्ताहरुले लागि गार्दा थोरै बुझेर मात्र गर्नुहोला।

कुम्भ राशि (गु,गे,गो,सा,सि,सु,से,सो,दा) तनावपूर्ण समय रहनेछ। साथीभाइ परिवार आफन्तजनहरुसँग मेलमिलापमा रहनुहोला। झगडा तथा वाद विवादमा नफसे कै राम्रो। विदेश यात्रा तथा अन्य यात्राहरु हुनसक्छ। परिवारबाट खासै शुभ समाचार  सुनिने योग छैन। स्वास्थ्यमा ध्यान दिनुहोला। आम्दानी मा कमी सँगै बेचैनी बढ्ने समय छ। परिवारहरु सँग सल्लाह गरेर काम गर्नु पर्ने समय रहेको छ।

मीन राशि (दि,दु,थ,झ,ञ,दे,दो,चा,चि) खर्चिलो समय छ। आम्दानीभन्दा खर्च बढी रहला। नोकरी तथा व्यवसायमा नाफा कमै रहने समय छ। परिवार तथा सन्तानबाट सुख हुनेछ। विद्यार्थीहरुलाई पढ्न मन लाग्ने छ। विदेश भ्रमण हुने योग रहेको छ। लगानीकर्ताहरुले विशेष ध्यान दिएर मात्र लगानी गर्नु होला। नभए समस्या उत्पन्न हुन सक्छ।

                                     ज्योतिषी अर्जुन सापकोटा – अमेरीका ० ०१–८६०९९५१६४७