कपिलवस्तुमा महिलामाथि एसिड प्रहार

कपिलवस्तु।  कपिलवस्तुको महराजगञ्ज नगरपालिका-१ स्थित महराजगञ्ज चोकमा एसिड प्रहारबाट एक महिला घाइते भएकी छिन।सामान्य लेनदेनको विषयलाई लिएर कपिलवस्तु महराजगञ्ज नगरपालिका बस्ने बेद मातादेबी गुप्तामाथि एसिड प्रहार भएको छ। एसिड प्रहारबाट ४१ वर्षीय गुप्ताको अवस्था गम्भीर भएको प्रहरीले जनाएको छ।

एसिड प्रहार बाट घाइते गुप्तालाई उपचारका लागी भैरहवा मेडिकल कलेज पठाएको प्रहरीले जनाएको छ। क्रिकेट ब्याटको विषयमा विवाद बढेपछि छिमेकी हरि नारायण बराईले एसिड प्रहार गरेका हुन्। बराईको क्रिकेट ब्याट भाँचेपछि ब्याटको पैसा तिर्नुपर्ने भन्दै विवाद बढेको थियो। एसिड प्रहार गर्ने बराईलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले बराईको पसलबाट ६ लिटर एसिड समेत बरामद गरेको छ। बराईमाथि ज्यानमार्ने मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  प्रधानमन्त्री ओलीले स्विच थिचेसँगै सुन्दरीजलमा झर्यो मेलम्चीको पानी