मानिस एक अर्कालाई पशु जस्तै व्यवहार देखाई रहेको छ किन?

-करन गिरी


जोडको आँधी बगिरहेको थियो। पूरा धर्तीलाई उडाएर लैजाला जस्तो आभाष हुन्थ्यो। त्यससँगै सिमसिम पानी परी रहेको अझ त्यो चटेयाङ्को आवाजले कानको पर्दानै च्यात्ला जस्तो भै रहेको थियो।
धेरै घरका छतहरु बाट टिन उडाएको आवाज आइरहेको थियो।

यहाँ मनमाया थिई, यी सब धर्तीका प्रलयहरु भन्दा उसको मनको प्रलय बढी थियो कि उm निकै उदिग्न देखिन्थि यि सबै बाट बिलकुलैबेखबर।

आज म जहाँ छु त्यहाँ अन्धकार छ।
आज म यो सोचमा छु मानिसलाई मैले बनाए
तर
आज म लाजमा छु मैले मानिस किन बनाएँ
मबाट मानिसले जीवन पाए।
आज तिनले आफैले जन्म दिएकी नवजात छोरी शिशुलाई खोलाको किनारमा फालेकी थिइन्। आमाको मन, भक्कानथ्यो,छटपटहाउथ्यो, हुटहुटी गथ्र्यो, कहिले श्वासप्रश्वास रोकिएला लाग्थ्यो। छटपटले पोलेको छाती चहर्याउँथ्यो।

तर
म आफूलाई आज अभागीको रूपमा देखि रहेको छु
किन आज मलाई यो जमिन आकाश जस्तै भारी लागि रहेको छ।
सबै पुरूष बलात्कारी हुन्छरु मौकाको कुरा न हो,

सज्जन, देख्ने पुरूष पनि एकान्तमा लाचार महिला देखे बलात्कार गर्छ।

बाउले छोरीलाई, दाजुभाइले बहिनीलाई छोड्दैन।
किन?

मानिस आफ्नो मानवीय धर्म बिर्सन थालेका छन्।
मेरो आँखा अगाडि मानिस एक अर्कालाई पशु जस्तै बेहोरा देखाई रहेको छ।
किन?

म धर्ती केही बोल्न नसक्ने पनि मानिसको बदलिदो व्यवहार लुकेको छैन।
म धर्ती मेरो सामु निर्जिव बालकको लास छ।
म धर्ती मेरो सामु रगत रगतले भरिएका हातहरू छन्।
म धर्ती मेरो सामु मानिस दानव बन्दै गइरहेको अजिवित तस्वीर छ।
म धर्ती मेरो आँखामा मानिस र पशुहरूको जीवन मुक्त नवजीवनको सारा तस्वीर छ।

मनमायाको नवजात छोरी शिशु बलात्कारबाट जन्मेकी थिई।

ती छोरीलाई पाल्ने संशोधन थिएन।

त्यो भन्दा बढी समाज सँग भिड्न साहस थिएन।

फेरि छोरी नै थिई, बढ्दै गरेको छोरी माथि गिद्ध जसरी झम्टिने

पुरूषका समाज सँग सुरक्षा दिने आधार थिएन।

मानिस अपराध गर्नु अगि यो भुल्छन् म पनि अपराधी हुन् पुगेको छु र म नै निर्दोष
म धर्ती रहने छु तर मानिसहरूको कथामा मेरो नाम फरक रहनेछ।

आज म जहाँ छु त्यहाँ अन्धकार छ।
आज म यो सोचमा छु मानिसलाई मैले बनाए

मैले छोरीलाई जीवन बाट विमुख गरेर पाप गरेको छैन।

ठूली नहुदै भोग्नुपर्ने अभिशाप बाट मुक्त गरेकी छु।
किन?

म धर्ती केही बोल्न नसक्ने पनि
माता कुमाता हुँदैन। सायद यो भनाई गलत छ। माताले छोरीलाई मर्नको लागि छोडदिई छोरीकै जीवनका लागि।यस्तो आँधी वर्षा, प्रपातमा अहिलेसम्म ती नवजातको मृत्यु पूर्वको छट्पटी भन्दा जीवन जिउँदाको हुटहुटी जिउन गार्‍हो छ। धेरै गार्‍हो छ।नवजात शिशु छोरी मरिसकेकी होलिन्। मरिसकेको हुनुपर्छ। त्यो घडी को असह्य पीडा। कसरी बाच्न सकेहोला मैले कोहि कल्पना सम्म गर्न सक्नु हुन्छ?