सुतेको छैन ठमेल (भिडियोमा हेर्नुहोस्)

कोरोना भाइरसले देशको सबैभन्दा ठूलो पर्यटकीय हव मानिने ठमेल केही सुनसान छ। ठमेलका हरेक जस्तो पसल, होटल, रेष्टुुरेन्ट, बार, क्लब, ट्राभल एजेन्सीहरु, हवाई टिकट बुुकिङ काउन्टरहरुमा चहलपहल घटेपनि अर्कोतर्फ ठमेललाई निरन्तर आफ्नो कला र व्यवसायको माध्यमबाट जगाउनेहरु पनि भेटिए।

भनिन्छ हरेक कालो बादलभित्र चाँदीको घेरा हुन्छ। अनि निराशाबीच पनि आशाको त्यान्द्रो झुण्डीएको हुन्छ। अहिले विश्वका कतिपय देश कोरोना भाइरसको त्रासले आक्रान्त बनिरहँदा मुलुकको चर्चित पर्यटकीय गन्तव्य ठमेल निराश छैन्। त्यसो त गतवर्ष झै फागुपूर्णिमाको अवसरमा भने ठमेल उल्लासमय हुनेवाला छैन्। कारण विश्वमा फैलिएको कोरोनाको त्रासले सामूहिक रुपमा होली खेल्न नआउने भन्दै २० भन्दा धेरै समूहले कार्यक्रम स्थगीत गरेपछि।