भिडभाडमा गएर होली नखेल्न गृह मन्त्रालयको आग्रह

काठमाडौँ। गृह मन्त्रालयले जमघट गरेर होली नखेल्न सबैमा आग्रह गरेको छ। कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन ठूला सभा समारोह, भेला तथा कार्यक्रम गर्न रोक लगाएको सरकारले यसपटक सामुहिक रुपमा होली नखेल्न, भीडभाड गर्ने तथा लोला पानी हाल्ने काम नगर्न सबैसँग अनुरोध गरेको छ।

चिकित्सकहरूले पनि पहिलेका वर्षहरूमा जस्तो यसपटक जमघट भएर होली नखेल्न आग्रह गरेका छन्। भिडभाडमा जाँदा र पानीमा भिज्दा आक्रमणको डर हुने भएकाले सजक हुन उनी हरुको आग्रह छ।

नेपालमा अहिलेससम्म कोरोनाको प्रभाव नदेखिए पनि विश्व स्वास्थ्य सङ्गठनले उच्च जोखिममा राखेकाले सतर्कता अपनाउन प्रशासनले अनुरोध गरेको हो।

 

अन्य सम्बन्धित समाचार:  बाँस्तोला मृत्यु प्रकरणः फरार दुई जना पक्राउ