करिश्माले होली मनाइनन् 

काठमाडौँ। फागुपूर्णिमा अथवा होली पर्व काठमाडौँ उपत्यका सहित पहाडी जिल्लामा आज र तराईमा भोलि मनाइँदै छ।   

सरकारले कोरोना सङ्क्रमणको उच्च सम्भावना रहेको भन्दै सभा, सम्मेलन तथा ठूलो सङ्ख्यामा जमघट नगर्न आग्रह गरिसकेको छ। यसलाई मध्यनजर गर्दै अभिनेत्री करिश्मा मानन्धरले होली मनाइनन्। 

यस अघि नायिका करिश्मा मानन्धरले यो वर्ष होली खेल्दा खर्च हुने रकम चलचित्र विकास बोर्डका तत्कालीन अध्यक्ष स्व. केशव भट्टराईकी श्रीमतीलाई एक लाख एक हजार एक सय रुपैयाँ सहयोग गरेकी हुन्। भट्टराईको निधन भएपछि आर्थिक अभाव झेलिरहेकी उनकी श्रीमती तथा परिवारलाई नायिका मानन्धरले सहयोग गरेकी हुन्। 

 

अन्य सम्बन्धित समाचार:  ‘कबड्डी–४’ ०७८ असोज १५ मा रिलिज हुने