कोरोनाको सङ्क्रमण हुन नदिन नेपाल-भारत सीमामा हेल्थ डेस्क

झापा। दक्षिणी झापाको नेपाल-भारत सीमा कुमरखोदमा कोरोना भाइरस (कोभिड-१९) स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) स्थापना गरिएको छ।

झापा गाउँपालिकाका उपाध्यक्ष कुन्तीदेवी बुढाथोकीले आइतबार सहायता कक्षको शुभारम्भ गरेका हुन्। उनले भाइरसको जोखिम बढ्न नदिन सबैलाई सचेत रहन र सरसफाइमा ध्यान दिन आग्रह गरे।

गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख लक्ष्मण विश्वकर्माले भाइरसको जोखिम रोक्न कक्ष स्थापना गरिएको जानकारी दिए। यस कक्षमा दुई स्वास्थ्यकर्मी परिचालन गरिएको छ। भारतले पनि डिगल बैंकमा कक्ष स्थापना गरिसकेको जनाइएको छ।

भाइरसबारे सचेतना फैलाउन दुवैतर्फका स्वास्थ्यकर्मीले अनुभव आदान(प्रदान समेत गरेका छन्। उच्च ज्वरो, श्वासप्रश्वासमा कठिनाइ र रुघाखोकी देखिएकालाई अस्पताल पठाइने व्यवस्था मिलाइएको बताइएको छ।

अन्य सम्बन्धित समाचार:  प्रचण्ड–माधव पक्षले संसदीय दलको नेताबाट ओलीलाई हटायो