५३२ सवारी चालक कारबाहीमा

काठमाडौँ। नियम उल्लङ्घन गरेर सवारी चलाउने चालकमाथि कारबाही गर्न र सडक दुर्घटना न्यूनिकरण गर्न सोमबार सडकमा ट्राफिक प्रहरीको बाक्लो उपस्थिति रहेको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार होलीकै दिन उपत्यकाका सडकमा ७८ स्थानमा चेक प्वाइन्ट र १४ वटा मोबाइल (गाडीमा गस्ती) खटाइएको छ।

‘तिव्र गतिमा सवारी नहाँकौँ र मापसे नगरी सवारी चलाउ’ भन्ने नारासहितको प्ले कार्ड बोकेर सडकमा ट्राफिक प्रहरी खटिएका छन्। महाशाखाका अनुसार अहिले सम्ममा  पाँच सय ३२ जना नियम उल्लङ्घन गर्ने सवारी चालकलाई कारबाही गरिएको छ।

त्यसमध्ये ५३ वटा मोटरसाइकललाई नियन्त्रणमा लिइएको हो। यी मोटरसाइकलका चालकले मादक पदार्थ सेवन गरेको, तीन जनासम्म एउटै मोटरसाइकलमा चढेको, हेलमेट नलगाई चलाएको लगायतका आरोप लागेको छ।

अन्य सम्बन्धित समाचार:  वडाध्यक्ष र सचिवद्वारा आत्मसर्मपण