बुधबारदेखि वर्षाको सम्भावना

काठमाडौँ। नेपालमा फेरि पश्चिमी वायुको प्रभाव सुरु भएको छ। यसले भोलि (बुधबार) सम्ममा वर्षा तथा हिमपात गराउने सम्भावना रहेको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखा अनुसार पश्चिमी वायुबाट विकसित न्यून चापीय रेखाको प्रभाव मात्र सुरु भएको हो।

वर्षा गराउने न्यून चापीय प्रणाली वर्षा र हिमपात गराउने भने प्रवेश गरिसकेको नभएकोले अहिले यो पाकिस्तान, अफगानिस्तान तिर भएको र  भोलि बुधबारचाहिँ यो प्रणाली नेपाल प्रवेश गर्ने सम्भावना रहेको बताइएको छ। जसको असरले बुधबार विशेषगरी पश्चिमी क्षेत्रमा वर्षा र हिमपात गराउने सम्भावना देखिएको छ।

बुधबार बेलुका काठमाडौँ उपत्यकामा पनि हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको बताइएको छ।आज मङ्गलबार भने काठमाडौँ उपत्यका सहित देशका विभिन्न स्थानमा आंशिक बदली मात्र हुने मौसमविद्को अनुमान रहेको छ।मार्चयता नेपालमा प्रिमनसुन अवधि सुरु भएको छ।

अन्य सम्बन्धित समाचार:  अक्सिजनसहित आइसोलेशन केन्द्र सञ्चालन

मे महिनासम्म रहने प्रिमनसुनमा हावाहुरी, चट्याङ तथा असिना पानीको सम्भावना बढी हुने मौसमविद् बताउँछन्। यो अवधिपछि मनसुन सुरु हुनेछ।