अमेरिका। बिभिन्न देशहरू हुँदै अमेरिकाको क्यालिफोर्नियामा अवतरण हुन लागेको ‘ दि ग्रान्ड प्रिन्सेस’ नामको क्रुज शिप (पानीजहाज) का २३ जना यात्रुमा कोरोना सङ्क्रमण देखिएपछि ओकल्याण्ड बन्दरगाह नजिक समुन्द्रमै गत बिहिबारदेखि होल्ड गरिएको छ।
चालकदलका सदस्य र ५४ देशका यात्रु गरी झण्डै तीन हजार पाँच सय जना रहेको सो क्रुजका ११०० क्रुज मेम्बर मध्ये १९ जनामा सङ्क्रमण देखिएको थियो। सबै यात्रुहरूलाई यथाशक्य बाहिर निकाल्न क्यालिफोर्नियाका अधिकारीहरू प्रयासरत छन्।
राष्ट्रपति डोनाल्ड ट्रम्पले आज ह्वाइट हाउसबाट गरेको सम्बोधनमा बिभिन्न देशका ती यात्रुहरूलाई सुरक्षित रुपमा घर फर्काउने र आफ्ना नागरिकहरूलाई त्यहाँबाट निकालेर टेक्सास, क्यालिफोर्निया र जर्जियाका सैन्य आधारहरूमा लगी भाइरस परीक्षण तथा १४ दिने क्वारेन्टाइनमा राखि काम शुरु भएको बताएका छन्।
अमेरिकामा हालसम्म कोरोना भाइरस सङ्क्रमणबाट २१ जनाको मृत्यु भएको छ भने ५०० बढिलाई सङ्क्रमण भएको रिपोर्ट छ। संसारमा हालसम्म ११०,००० जनामा सङ्क्रमण भए मध्ये झण्डै पैँतीस जनाको हाराहारीमा ज्यान गएको छ भने यसले शेयर बजारमा ठूलो गिरावट आएको छ।
चीनमा कोरोना भाइरस नियन्त्रण उन्मुख भए पनि इटलीमा यसले भयावह रूप लिएको छ।