कोरोनाका कारण चार हजार भन्दा बढीको मृत्यु, अस्पताल खाली

काठमाडौँ। कोरोना भाइरसको कारण विश्वका कतिपय देशहरु जोखिममा रहेको विश्व स्वास्थ्य संगठनले उल्लेख गरेको छ। चीनको वुहानबाट फैलिएको कोरोना (कोभिड–१९) भाइरसबाट चार हजार भन्दा बढीको गईसकेको जनाइएको छ। कोरोनाको जीवाणु विश्वका ११५ देशमा फैलिएको छ भने यसैको कारण २३ देशमा मानिसको व्यान गएको छ। चीनमा सबै भन्दा बढी ३ हजार १३६ जनाको ज्यान गएको छ भने एक लाख १४ हजार ४२२ जनामा कोरोनाको संक्रमण भएको पाइएको छ।

गएको डिसेम्बर अन्तिममा कोरोना भाइरसको संक्रमण देखिएपछि चीनको वुहानमा रातारात बनाइएको अस्पताल अहिले खाली भएको छ। संक्रमण बढ्दै गएपछि ६ दिनमा एक हजार बेडको अस्पताल बनाइएको थियो।

चीनबाट अन्य देशमा पनि महामारीको रुपमा फैलिएको कोरोना अहिले चीनमा भने नियन्त्रण उन्मुख छ। सोमबार चीनमा १९ जनामा मात्र कोरोना भाइरसको नयाँ संक्रमण भेटिएको साउथ चाइना मर्निङ पोष्टले जनाएको छ। एक महिनाअघिसम्म पनि चीनमा कोरोनाको संक्रमण दर तीव्र थियो।

अन्य सम्बन्धित समाचार:  बाबुरामको ट्विटमा रिप्लाइ गर्दैै कमल थापाले भनेः तपाईंलाई नै प्रधानमन्त्री बनाउने मेरो प्रस्ताव हो

कोरोनाको आशंकामा उपचाररत हजारौं बिरामी घर फर्किएपछि वुहानको अस्पताल खाली भएको छ। बिरामी नभएपछि सोमबारदेखि अस्पताल बन्द गरिएको छ ।