सुनको मूल्यमा फेरि नयाँ रेकर्ड कायम

काठमाडौँ। मंगलबार सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ। छापावाल सुनको मूल्य प्रतितोला ८२ हजार ७ सय रुपैयाँ पुगेको छ। आज प्रतितोला २ सय रुपैयाँले बढेर सुनको मूल्यले ऐतिहासिक रेकर्ड बनाएको हो।

यस्तै तेजावी सुनको मूल्य प्रतितोला ८२ हजार ४ सय रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आइतबार सुन प्रतितोला ८२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

तर, चाँदीको मूल्य भने घटेको छ। मंगलबार चाँदीको मूल्य प्रतितोला ८ सय ८० रुपैयाँ छ। गत आइतबार चाँदी प्रतितोला ८ सय ९० रुपैयाँमा कारोबार भएको थियो।
ठूला राष्ट्रको आन्तरिक विवाद र कोरोना संक्रमणका कारण विश्व अर्थतन्त्रमा परेको असरले सुनको मूल्यमा उतावचढाव भएको विज्ञहरुको भनाइ छ।

अन्य सम्बन्धित समाचार:  सुनकोशी–मरिन डाइभर्सन आयोजनाको शिलान्यास गर्दै प्रधानमन्त्री ओली