ललितपुर महानगरपालिका मास्क उत्पादन गर्दै

काठमाडौँ। ललितपुर महानगरपालिकाले अब आफैं मास्क उत्पादन गर्ने भएको छ। सामाजिक विकास तथा विपद् व्यवस्थापन समितिको निर्णयअनुसार महानगरका २९ वटै वडामा सिलाइबुनाइ तालिम लिएर बसेका महिलाले मास्क सिलाउने महानगरपालिकाले जनाएको छ।

धेरै आवश्यक पर्ने ठाउँमा मास्क सिलाउन प्राथमिकता दिइने पनि बताइएको छ। मास्कका लागि उत्तम खालको कटनको कपडा महानगरले उपलब्ध गराउनेछ।

महानगरले आफ्ना नागरिकलाई कोरोना सङ्क्रमणको जोखिमबाट बच्नका लागि सतर्कता अपनाउन पनि अपिल गरेको छ।

अन्य सम्बन्धित समाचार:  नेपाल टेलिभिजनको महाप्रबन्धक र विज्ञापन बोर्ड अध्यक्षका लागि आवेदन माग