सामाजिक सञ्जालबाट जोगिन सहज छैनः काजोल

काठमाडौँ। बलिउड अभिनेत्री काजोल देवगनले आफ्नी छोरी नेसा देवगनको ट्रोल बारे जवाफ दिएकी छिन्।

उनले यो डरलाग्दो समय हो। यदि कसै आमा बुवा हुनुको नाताले आफ्नो छोरा छोरीलाई कुनै समस्या पर्छ भने त्यसलाई जोगाउनु आवश्यक छ। यस्ता खालको भयानक ट्रोलले उनीहरूलाई निराश पारेको हुन्छ।

सामाजिक सञ्जालबाट जोगिन सहज नभएको र यस्ता ट्रोलहरुलाई सम्हाल्नका लागि आफू जागरुकता हुन सक्नु पर्छ। यस्ता कुरालाई बेवास्ता गर्न सक्ने हिम्मत बटुल्न जरुरी हुन्छ। आफूले छोरीलाई महिलाको सम्मान गर्न सिकाएको र छोरीलाई पनि आफ्नो सम्मान गर्न आवश्यक रहेको बताएकी छिन्।

छोरी माथि ट्रोल हुँदा आफू सिङ्गापुरको भ्रमणमा रहेको पनि बताएकी छिन्।