लागुऔषधसहित दुईजना पक्राउ

काठमाडौँ।  प्रहरीले बारामा ९ सय पिस लागुऔषधसहित दुईजना पक्राउ परेका छन्। बारा जितपुर सिमरा उपमहानगरपालिका–२ स्थित नेपाल विद्युत प्राधिकरण अगाडि बाटोबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा पर्सा विरगन्ज महानगरपालिका–१५ का ३० वर्षीय जितेन्द्रकुमार सिंह र भारत विहार बस्‍ने वर्ष २२ को नासिर आलम रहेका छन्। जितेन्द्रले प्रेस लेखिएको ना ६२ प ६२६७ न.को मोटरसाइकल चलाएका थिए।

जितेन्द्र र नासिरले गरेको कुराकानी प्रहरीलाई शंकास्पद लागेपछि मोटरसाइकल जाँच गर्दा लागुऔषध भेटिएको प्रहरीले जनाएको छ।

उनीहरुको साथबाट अवैध लागु औषध डाइजेपाम ३ सय पिस, नुफिन ३ सय  पिस, फेनारगन ३ सय पिस गरी ९ सय थान बरामद भएको छ। अवैध लागु औषध

अन्य सम्बन्धित समाचार:  १७ वर्षीया किशोरीलाई बन्धक बनाइ चार दिनसम्म बलात्कार