कोरोना नियन्त्रण गर्न उच्चस्तरिय समितिको बैठक

काठमाडौं। कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले गठन गरेको उच्च स्तरिय समितिले मंगलबार सरोकारवालासँग छलफल गरेको छ।नेपालमा कोरोनाको संक्रमण अहिलेसम्म नदेखिएपनि अत्यावश्यक वस्तुहरुको सहज र नियमित आपूर्तिका विषयमा छलफल गर्न विभिन्न मन्त्रालय र सरोकारवालासँग छलफल गरेको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी बैठकमा अर्थमन्त्री युवराज खतिवडा, उद्योग वणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, संस्कृति पर्यटन तथा नागरिय उड्डयनमन्त्री योगेश भट्टराई लगायतको सहभागिता रहेको थियो।

उच्चस्तरिय समितिका संयोजक उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षमा बसिरहेको बैठकमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल परिसंघका पदाधिकारीहरु समेत सहभागि थिए।

बैठकमा औषधि एवं अत्यावश्यक वस्तुहरुको सहज र नियमित आपूर्ति व्यवस्थापनका विषयमा छलफल भएको छ। छलफलमा औषधि व्यवसायीहरुको पनि सहभागिता रहेको थियो।

अन्य सम्बन्धित समाचार:  प्रतिनिधिसभा बैठक फागुन २६ गतेसम्मका लागि स्थगित