नेपाल एअरलाइन्सको कतार उडान रोकियो, साउदीमा समेत प्रवेशमा कडाइ

काठमाडौं। कोरोना भाइरसको जोखिमबाट सर्तक रहन अहिले विश्वका कतिपय मुलुकहरुमा उच्च सुरक्षा सर्तकता अपनाइएको छ। नेपालीहरु वैदेशीक रोजगारको क्रममा पुग्ने कतिपय देशमा प्रवेशमा रोक लगाइएको छ भने अर्कोतिर नेपालले पनि कामदार पठाउन रोकेको छ।

यता वैदेशिक रोजगार विभागले व्यक्तिगत र संस्थागत रुपमा जाने नेपाली कामदारको लागि श्रमस्वीकृति दिन मंगलबारदेखि स्थगन गरेको छ । कतार सरकारले नेपालसहित १४ देशबाट आउने नागरिकलाई कतार प्रवेशमा रोक लगाएको भोलिपल्टदेखि विभागले श्रमस्वीकृतिमा रोक लगाएको हो। नेपाल एयरलाइन्सले कतारको दोहामा गर्दै आएको नियमित उडान हाल स्थगित गरेको छ । कोरोना भाइरसको संक्रमण जोखिमलाई न्यूनीकरण गर्न नेपालसहित विभिन्न १४ मुलुकका नागरिकलाई कतार प्रवेशमा अस्थायी प्रतिवन्ध लगाएको छ ।

अन्य सम्बन्धित समाचार:  जेठ तेस्रो साता एसईई परीक्षाको तयारी

त्यसैगरि साउदी जाने कामदारपनि विमानस्थलबाट नै प्रवेश पाउन छाडेका छन्। नेपाली कामदारहरुको प्रमुख गन्तव्यको रुपमा रहेको साउदी जान गत सोजबारदेखि नै रोक लगाइएको हो। यसैगरि जर्मन, फ्रान्स र स्पेनकालागि पनि अनअराइभल भिसा बन्द गरिएको छ।

यता नेपाल एयरलाइन्सले समेत मंगलबारबाट लागू हुने गरी दोहामा गर्दै आएको उडान रद्द गरेको छ।  नेपालीहरु पनि हाललाई कतार प्रवेश गर्न नपाउने भएकाले दोहाको नियमित उडान हाललाई १० मार्च २०२० बाट अर्र्का निर्णय नहुन्जेल स्थगित गर्नु परेको नेपाल एयरलाइन्सले जनाएको छ।

एयरलाइन्सका अनुसार २६ फागुन २०७६ र भन्दा पछिका उडानका टिकट खरीद गरेका यात्रुहरुलाई टिकट फिर्ता गर्दा भुक्तानी गरेको रकम पुरै उपलब्ध गराइने जनाएको छ।