‘बागी ३’ लाई दर्शकको साथ

काठमाडौँ। चलचित्र ‘बागी ३’ ले रिलिज भएको तीन दिनमा ५० करोड भन्दा धेरैको कमाई गरिसकेको छ। यो चलचित्र २०२० को ओपनिङमा सबैभन्दा धेरै कमाई गर्ने फिल्ममा स्थान राखेको छ।

विश्वभर कोरोना भाइरसको सङ्क्रमण बढिरहेको कारण राम्रो व्यापार नगर्ने आकलन गरिरहे कै बेला यो चलचित्रले भने दर्शकको भरपुर साथ पाएको छ। चलचित्रले पहिलो दिन १७ करोड ५० लाख, दोस्रो दिन १६ करोड तीन लाख र तेस्रो दिन २० करोड ३० लाख भारतीय रुपैयाँ कमाएको छ।

कोरोना भाइरसको त्रासका बाबजुद पनि चलचित्रले बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ। अभिनेता टाइगर श्राफ र अभिनेत्री श्रद्धा कपुरको मुख्य अभिनय रहेको सो चलचित्र अहमद खानले निर्देशन गरेका हुन्।