चौखुट्टेबाट जंगलै-जंगल खप्तडको उकालो यात्रा (भिडियोमो हेर्नुहोस्)

कविन्द्र सिग्देल। बाजुराको चौखुट्टेबाट मानवबस्तीलाई छाडेर जंगलैजंगल खप्तड राष्ट्रिय निकुञ्जको उकालो लागियो। घनाजंगल भएको त्यो उकालोमा मान्छेको नामोनिसान भेटिएन। उक्त वनक्षेत्र भएर अघि बढिरहँदा घरी बझाङ त घरी बाजुरा जिल्ला छुन्थ्यो। वातावरण शान्त थियो र रमाइलो थियो। अनकन्टार त्यो जंगलमा चराचुरुङ्गीको चिरबिर आवाजले मनै आनन्दित पारिरहेको थियो। यात्रा खप्तड बाबाले ज्ञानप्राप्ति गरेको पावन भूमिको अवलोकन पुग्नु थियो।

बाटोमा हिँडिरहँदा मान्छेहरूको सरलपन देखेर जोकोही भावविह्ल हुन्थेँ। प्रकृतिको एक सुन्दर देव भूमिको रुपमा रहेको खप्तड आफैँमा भूस्वर्ग हो कि हो कि भन्ने आभाष हुन्थ्यो। प्राकृतिक सुन्दरताको खानी रहेछ खप्तड राष्ट्रिय निकुञ्ज। बझाङ, बाजुरा, डोटी र अछाम जिल्लाको संगमस्थलका रुपमा रहेको खप्तडमा २२ वटा पाटनमा ५२ झुती र ९ दह रहेछन्। घाँसै मैदान, खप्तड दह, नाग ढुँगा, केदार ढुँगा, खप्तड बाबा आश्रम, घोडा दाउन्ने पाटनका साथै शिव मन्दिरहरू नै यस ठाँउको मुख्य आर्कषण रहेछन्।

घोडा दाउन्ने पाटन भने सबैभन्दा ठूलो घाँसे मैदान रहेछ। जहाँ हरेक दशहरामा हजारौं श्रद्धालु भक्तजनको उपस्थितिमा घोडचढी प्रतिस्पर्धा रहेछ। विक्रम संवत्‌ २००३ साल देखि २०५३ सालसम्म खप्तड बाबाले तपस्या गरेको यस पवित्र भूमि खप्तड घुम्न पुग्नेहरुको लागि उत्कृष्ट गन्तव्य रहेछ। त्यसो त कसैले उमेर सोध्दा जवाफ नदिने खप्तड बाबा आफैँमा ११६ वर्ष बाँचेका रहेछन्।त्यसो त खप्तड बाजुराको चौखुट्टेबाट मात्र नभई बझाङको तमैल र डोटीको झिंगरानाबाट पनि जान सकिने रहेछ। पाटनको लेकमा अनेकथरीका बहुमूल्य जडिबुटी र सुनचाँदी रहेको बैतडीबाट खप्तड पुगेका सन्त केदार गिरिले बताए। घोडा मच्चा, सतुवा, हस्ताजडि, गोदाल्नु, लेकाली प्याज, कटुकी जस्ता जडिबुटी यस ठाँउमा पाइने रहेछ।चौखुट्टेबाट जंगलै-जंगल खप्तडको उकालो यात्रा (भिडियोमो हेर्नुहोस्)