हुलाकी राजमार्गको ४८ प्रतिशत निर्माण सम्पन्न

काठमाडौं। राष्ट्रिय गौरवको आयोजना हुलाकी राजमार्गमा नोबेल कोरोना भाइरस ‘कोभिड–१९’ ले असर नपु¥याएको पाइएको छ। आयोजनामा नेपाली कम्पनी मात्रै कार्यरत रहेकाले नियमितरुपमा काम अघि बढेको आयोजनाले जनाएको छ।

अहिलेसम्म झण्डै ४८ प्रतिशत निर्माण सम्पन्न भएको सो आयोजनामा बाँकी निर्माण भइरहेको हुलाकी राजमार्ग आयोजना निर्देशनालयले जनाएको छ। आयोजनाअन्तर्गत चालु आर्थिक वर्षमा सडक र पुल गरी १३५ ठेक्का सम्झौता भएका छन्।
ती ठेक्का र गत वर्षमा भएका ठेक्कामा अहिलेसम्म असर पुगेको जानकारी नआएको आयोजना प्रमुख रोहितकुमार बिसुरालले बताए। “आयोजनामा केही भारतीय कामदार बाहेक नेपाली कम्पनी र नेपाली कामदार भएकाले पनि अहिलेसम्म असर नपुगेको पाइन्छ।”

राजमार्गमा हालसम्म झण्डै ३८५ किलोमिटर सडक कालोपत्र भएको छ। राजमार्गको लम्बाइ ९७५ किमी रहेकोमा अहिलेसम्म ३३८ किमी सडक खण्डास्मित ९ग्राभेल० तथा ९२ पुल निर्माण सम्पन्न भइसकेको आयोजनाले जनाएको छ। चालु आवमा अहिलेसम्म ९७ किमी कालोपत्र, ४२ किमी खण्डास्मित र पाँच पुल सम्पन्न भएको छ। बाँकी निर्माणका लागि ठेक्का सम्झौता भइरहेको आयोजना प्रमुख बिसुरालले जानकारी दिए।

अन्य सम्बन्धित समाचार:  मस्कटबाट ६०० अक्सिजन सिलिण्डर शनिबार ल्याइने

तराईका धेरै जिल्लामा आयोजनाअन्तर्गतका सडक प्रयोगमा आइसकेका छन्। तराईका भित्री बस्ती जोड्ने यो आयोजनाअन्तर्गत अधिकांश स्थानमा नयाँ साधारण मार्ग खोल्नेभन्दा भइरहेकै राजमार्गका रूपमा स्तरोन्नतिको काम भइरहेको छ।