पूर्व सञ्चारमन्त्री बाँस्कोटाको घरमा बम विस्फोट

काठमाडौँ। पूर्वमन्त्री गोकुल बाँस्कोटाको भक्तपुरस्थित घरमा बम विस्फोट भएको छ। मध्यपुरठिमी नगरपालिका–१ मनोहरामा रहेको बाँस्कोटाको घरमा बुधबार बिहान बम विस्फोट भएको भक्तपुर प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बम विस्फोटबाट बाँस्कोटाको बन्दै गरेको घरको पर्खाल भत्किनुका साथै झ्यालका सिसाहरू फुटेका छन्। बम विस्फोट कसले गराएको भन्ने पत्ता नलागेको र अनुसन्धान भइरहेको भक्तपुर प्रहरीले जानकारी दिएको छ।  बाँस्कोटा भने बालकोटमा रहेको प्रधानमन्त्री ओलीको घरमा बस्दै आएका छन्।

सञ्चार तथा सूचना प्रविधि मन्त्री रहेका बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ मेसिन खरिद प्रकरणमा घुसका लागि बार्गेनिङ गरेको अडियो बाहिरिएपछि मन्त्री पदबाट राजीनामा दिएका थिए।

अन्य सम्बन्धित समाचार:  बादललाई भोट हाल्ने राप्रपाको औपचारिक निर्णय