मौसमः बुधवार मुलुकका अधिकांश भूभाग सफा रहने

काठमाडौँ। बुधवार मुलुकका अधिकांश भूभागको मौसम सफा रहेको छ। यद्यपि पश्चिमी भू–भागमा आंशिक देखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार अहिले नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ।

 बुधवार दिउँसो तथा रातीसम्म देशभर पश्चिमी भू–भागमा सामान्य बदली रहि बाँकी भू–भागमा आंशिक देखि सामान्य बदली रहनेछ। 

पश्चिमी तथा मध्य पहाडी भू–भागका केही स्थानहरूमा मेघ गर्जन तथा चट्याङ सहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। 

अन्य सम्बन्धित समाचार:  लोकप्रिय गायक प्रेमध्वज प्रधानको निधन