डोजर आतङ्कः ग्रामीण सडक खन्दा मौरीबासीको उठीबास

रिदम सिंह,बझाङ। जिल्लाको जयपृथ्वी राजमार्ग जोड्ने मौरीबगर पाथीभेरा सडक खण्ड निर्माण गर्ने क्रममा खसेको ढुंगा र माटोले मौरीबगर बासीको उठीबास भएको छ। ग्रामीण सडक खन्दा माथीबाट खसेको पहिरोका कारण जयपृथ्वी राजमार्ग किनारमा अवस्थीत मौरीबगर बजार यतिखेर पहिरोमा परिणत भएको छ। खसेको ढुंगा र माटोका कारण मौरीबगरका दर्जनौ पसल तथा होटलहरु पुरीएका छन भने मौरीबगर पाथीभेरा सडक खण्डठुलो मात्रामा धन मालको क्षती भएको छ।

ग्वाल्लेख निर्माण सेवा बैतडीले निर्माण थालेको उक्त सडक खण्डको फराकिलो पार्ने काम र ग्रावील गर्ने काम भइरहेको छ। सडक खन्दा खसेको ढुंगा र माटोले मौरी बगरमा रहेका दर्जनौ पसल भत्किएपछि करिव १० लाखको क्षती भएको पहिरो पिडित गोपाल रावले जनाकारी दिएका छन्। पहिरोले मौरीबगर स्थित गोपाल रावल, मान बहादुर रावल, धनराजमिश्र, चन्द्र बहादुर रावल, नवराज भण्डारी, र हरिचन्द्र भण्डारीको पसलहरुमा पुर्णरुपमा क्षती भएको छ।

अन्य सम्बन्धित समाचार:  पूर्वरानी कोमल शाह अस्पतालबाट डिस्चार्ज

ठेकेदारले सडक फाराकिलो पार्ने काम शुरु गर्नु भन्दा पहिले होटेल पसललाई क्षती नहुने गरी काम गर्ने बाचा गरिएको भएतापनि यतिखेर भने स्थानीय बासीलाई सल्लाह नलिइ सडक कटान गरिएको पहिरो पिडितको गुनासो रहेको छ। सडक निर्माणका क्रममा आफुहरुले होटेल पसलमा क्षती हुने आशंका हुने वितिकै ठेकेदार लाई काम रोक्न आग्रह गर्दा दुर्गाथली गाउँपालिका अध्यक्ष प्रयागराज जोशीले प्रहरी प्रशासन को निगरानीमा सडक कटान गर्न ठेकेदारलाई निर्देशन गरेको समेत पहिरो पिडितको गुनासो छ।

पसलमा खसेको पहिरो हटाउन मौरीबासीले ठेकेदार कम्पनीलाई पटक पटक आग्रह गरेपनि ठेकेदारले भने आनाकानी गरिरहेको पहिरो पिडितहरुको गुनासो रहेको छ। खाने बस्ने पसल तथा होटेलहरु पहिरोले क्षती पुरयाएपछि यतिखेर पहिरो पिडितहरु नजिकैको खोला किनारमा कृपाल मुनी रात विताउन बाध्य भएका छन्।

अन्य सम्बन्धित समाचार:  हेलिकोप्टरबाट गर्भवतीको उद्धार

ग्वाल्लेख निर्माण सेवा कम्पनीले उक्त सडक निर्माणको काम पौष महिनामा शुरु गरिएको र आगामी ३३ महिना भित्र सम्पन्न गरिने जानकारी दिएको छ।