प्रधानमन्त्रीलाई सिंगापुर लैजाने भन्ने समाचार गलत-विष्णु रिमाल

काठमाडौँ। प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले प्रधानमन्त्रीको स्वास्थ्यमा जटिलता आएको भनी समाचार सम्प्रेषणलाई एक अफवाह ‘सूचना संक्रमण’ को संज्ञा दिएका छन्।

गतसाता दोश्रोपटक मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई संक्रमण देखिएका कारण सिंगापुर लाने तयारी भनि समाचारहरु आएपछि रिमालले सो प्रतिक्रिया दिएका हुन्।

‘इन्फोडेमिक अर्थात् सूचना संक्रमण१ कोभिड १९ को सन्दर्भमा गलत प्रचार बढेपछि डब्लुएचओले गतहप्ता यो शब्द प्रयोग गरेको थियो। प्रधानमन्त्रीज्यूको स्वास्थ्यको सन्दर्भमा आज बिहानबाट सुरु गराइएको हल्ला पनि त्यस्तै ‘सूचना संक्रमण’ हो। स्पष्ट होऔं,’ रिमालले ट्विटमा लेखेका छन्।

यसअघि प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सो समाचारलाई ‘१०१ प्रतिशत झूठ र भ्रमको खेती’ भनी त्यसो नगर्न अनुरोध गरेका थिए। उनले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था अपेक्षितरुपमा सुधार भइरहेको जनाएका छन्।

अन्य सम्बन्धित समाचार:  माओवादीले सरकारको समर्थन फिर्ता लिएको पत्र संसद सचिवालयमा