कलाकार सङ्घको संरक्षकबाट निरको राजिनामा

काठमाडौँ। बरिष्ठ कलाकार निर शाहले नेपाल चलचित्र कलाकार सङ्घको संरक्षकबाट राजिनामा दिएका छन्। आफ्नो कार्य व्यस्तताका कारण राजिनामा दिएको उनले बताएका छन्। उनको राजिनामालाई स्वीकृति गर्दै सङ्घको कार्यसमितिले संरक्षकमा हरिवंश आचार्यलाई नियुक्ति गरेको छ।

सङ्घले विज्ञप्ति जारी गर्दै शाहलाई धन्यवाद दिएको छ। नेपाल चलचित्र कलाकार सङ्घको स्थापना कालदेखि नै क्रियाशील रुपमा काम गर्दै आएको उनको योगदानलाई स्मरण गर्दै उनले आफ्नो कार्यकालमा दिएको योगदानलाई धन्यबाद दिएको छ।

शाहले कार्यव्यस्तताको कारण भने पनि चलचित्र कलाकार सङ्घमा अनावश्यक राजनीतिक हस्तक्षेप सुरु भएकोले शाह असन्तुष्ट थिए। पछिल्लो समय कलाकार सङ्घ, निर्देशक समाज, निर्माता सङ्घ लगायतका सङ्घ संस्थामा हुने निर्वाचनमा दलीय हस्तक्षेप हुने गरेको पाइन्छ।