पूर्व सञ्चारमन्त्री बाँस्कोटाको घरमा बम विष्फोटपछिको अवस्था (भिडियोमा हेर्नुहोस्)

भक्तपुर। भक्तपुरको लोकन्थलीमा पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाको बन्दै गरेको नयाँ घरलाई लक्षित गरि बम विष्फोट गरिएको छ। बुधवार ७ बजेर ४० मिनेटको हाराहारीमा भएको उक्त विष्फोटले आसपासमा स्थानीयहरु त्रसित भए। केही घरहरुमा क्षति पुगेको छ।

बम विष्फोटले घरको पर्खालमा केही क्षति भएपनि मानविय क्षति भने भएको छैन। प्रहरीले घरको निगरानीकोलागि सिभिल प्रहरीसमेत खटाएपनि बम विष्फोट हुनुले शान्ति सुरक्षामाथि प्रश्नचिन्ह उठेको छ। विस्फोट कसले गरेको हो भने यकिन नभएपनि नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमाथि प्रहरीको आशंका धेरै छ।

बम विष्फोटपछिको अवस्था कस्तो थियो ? स्थानीयले कसरी लिएका छन्? प्रहरीले घटनालाइ कसरी हेरेको छ? भिडियोमा हेर्नुहोस्

 

अन्य सम्बन्धित समाचार:  प्रधानमन्त्री ओलीले बाेलाए मन्त्रीपरिषद् बैठक