‘गीता’को कसम खाएर भन्छु कहिल्यै पार्टी फुटाउदिन: कमल थापा

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले ‘गीता’को कसम खाएर कहिल्यै पार्टी नफुटाउने बताए। बुधवार काठमाडौंमा भएको एकीकरण घोषणा कार्यक्रममा थापाले बगलीबाट गीता बिताव निकालेर कसम खाए। ‘म गीतालाई कसम खाएर भन्दैछु कि म कहिल्यै पार्टी  फुटाउने छैन। यो म यहिँ राख्छु र पछि पशुपति र डा प्रकाशलाई पनि काम लाग्ने छ।’

अध्यक्ष थापाले पार्टी निर्माणमा सूर्यबहादुर थापाको योगदानको चर्चा गरे। उनले भने, ‘पार्टी किन फुट्यो, कसले फुटायो भन्न चाहन्न। मेरो ૪ बर्षे कार्यकालमै एकता भएकोमा खुसी छु। मेरो बोझ घट्यो, अब तीन जनासँग भारी बोक्ने सहकार्य गर्दै छु।’ मन्तव्यका क्रममा अध्यक्ष थापाले प्रकाशचन्द्र लोहनी र लोकेन्द्र बहादुर चन्दलाई धन्यवाद थिए तर पशुपति समशेर जबराको भने नाम समेत लिएनन् ।

अन्य सम्बन्धित समाचार:  माधव नेपालको प्रष्टीकरणः लोकतन्त्र सुरक्षित गर्न ओलीलाई विश्वासको मत दिएनौं (पूर्णपाठ)

उनले पार्टी एकता कुनै स्वदेशी तथा विदेशी शक्तिको दबाबमा नभएको बताए। जनताले विकल्प खोजेका बेला एकता भएको भन्दै उनले नेपालमा तेस्रो राजनीतिक धारको उदय भएको बताए।  कांग्रेस र कम्युनिस्टहरु मध्यपन्थी विचारबाट अघि बढेका भन्दै अध्यक्ष थापाले प्रजातन्त्रमा उनीहरुको सिन्डिकेट नचल्ने बताए। उनले भने, ‘कुनै पनि राजनीतिक दल कांग्रेस र कम्युनिस्टको विकल्प बन्न सकेनन्। अब कांग्रेस र कम्युनिस्टबाट वाक्क भएकाहरुले हामीलाई विकल्पमा भोट हाल्नेछन्।’