कस्तो छ मामा? ‘म ठिक छु’ त्यसपछि समीक्षालाइ घर पठाइयो

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला दिने झापाकी समीक्षा संग्रौलालाई अस्पतालले घर पठाएको छ।
प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले ट्वीटरबाट केहीबेरअघि मात्र समीक्षा डिस्चार्ज भएको जनाएका हुन्।

‘सम्माननीय प्रधानमन्त्रीज्यूको मिर्गौला दाता भान्जी समीक्षा संग्रौला स्वास्थ्य लाभगरी अस्पतालबाट डिस्चार्ज हुनुभएको छ। भावी आरोग्य जीवनको लागि हार्दिक शुभकामना!’, ट्वीट गर्दै रिमालले लेखेका छन्।

गत बुधबार दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेका ओलीलाई शल्यक्रियापछि भेट्ने समीक्षा घर फिर्नुअघि पहिलोपटक ओलीलाई भेट्न गएकी थिइन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार भेटमा समीक्षाले प्रधानमन्त्रीलाई कस्तो छ मामा? भनेर सोधेकी थिइन्। जवाफमा ओलीले, ‘म ठिक छु’ भन्दै आफू निको हुँदै गएको र मिर्गौला दान गरेकी समीक्षालाई धन्यवाद दिएको बताइएको छ।

अन्य सम्बन्धित समाचार:  ठाकुर र महतोमाथि कारवाही हुनसक्छः यादव समुह