निखिल र राजेशको चिया गफ मात्र

काठमाडौँ। अभिनेता निखिल उप्रेतीको निर्माणमा बन्न लागेको चलचित्र ‘आयो भैरव’ मा राजेश हमाललाई अफर गरिएको समाचार बाहिरिएको छ। तर अभिनेता निखिल उप्रेतीले फिल्मको अफर नभएको चिया गफ मात्र भएको बताएका छन्।

निखिलले हमाललाई फिल्मको अफर नगरिएको तर भविष्यमा सँगै काम गर्न सकिने बताएका छन्। निखिल कै निर्देशनमा बन्न लागेको फिल्म ‘आयो भैरव’ कहिले निर्माण सुरु हुने भन्ने बारे चाहिँ अहिले सम्म टुङ्गो लागिसकेको छैन।

अहिले फिल्मको स्क्रिप्ट तयार भइरहेको र फिल्ममा वर्तमान देशको अवस्था र राजनीतिलाई उतार्न खोजिएको बताएका छन्। साथै फिल्मलाई दमदार हिसाबले सामाजिक विकृतिलाई समेटेर बनाउँन लागेको कारण केही समय लाग्ने बताएका छन्।